काठमाडौंको होटलमा सञ्चालित जुवा खालमा प्रहरी छापा, ५ लाख रुपैयाँसहित १३ जना पक्राउ

जोरपाटीस्थित नयाँबस्तीकाे पूर्वेली गेस्ट हाउसमा सञ्चालित जुवा खालमा प्रहरीले आइतबार राति छापामारी ५ लाख रुपैयाँसहित १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीस्थित एक होटलमा सञ्चालित जुवा खालमा छापामारी १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नयाँबस्तीकाे पूर्वेली गेस्ट हाउसमा सञ्चालित जुवा खालमा प्रहरीले आइतबार राति छापामारी ५ लाख रुपैयाँसहित १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

विषेश सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गेस्ट हाउस सञ्चालक राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले राजकुमार तिवारी, केशव नेपाललगायत १३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका जुवाडेलाई प्रहरी हिरासतमा राखिएको र थप कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।