बिटक्वाइनपछि सबैभन्दा बढी वृद्धि हुने क्रिप्टोकरेन्सी रिपल का सीईओ संसारका धनाढ्यहरुको सूचीमा तीव्र गतिले माथि उक्लँदै छन् ।
सन फ्रान्सिस्को
भर्चुअल मुद्राको किनबेच अहिले यतिबिघ्न बढेको छ कि यसले संसारका सबैघन्दा बढी धनाढ्य व्यक्तिहरुको सूचीलाई उलटफेर बनाइदियो । बिटक्वाइनपछि सबैभन्दा बढी वृद्धि हुने क्रिप्टोकरेन्सी रिपल का सीईओ संसारका धनाढ्यहरुको सूचीमा तीव्र गतिले माथि उक्लँदै छन् । थोरै समयका लागि भएपनि उनले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिने ।
सीईओ क्रिस लार्सेन रिपलका सहसंस्थापक हुन् । र, सबैभन्दा बढी रिपल टोकन्स पनि उनैसँग छ । गत ४ जनवरीका दिन एक पटक उनको सम्पत्ति ५९ अर्ब डलर हुनपुग्यो र एकैछिन भएपनि उनले जुकरबर्गलाई पछि पारे । फोर्ब्सका अनुसार फेसबुकका सीईओ संसारका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा ५६ अर्ब डलरको कूल सम्पत्तिसहित पाँचौ स्थानमा छन् ।
रिपल मुद्रा राख्ने अरु व्यक्तिहरु पनि मालामाल भएका छन् । गत हप्ता यसको मूल्य सय प्रतिशतभन्दा पनि बढ्यो तथा गएको वर्ष यसमा ३० हजार प्रतिशतको वृद्धि भयो । यस वृद्धिले रिपल बिटक्वाइनपछि दोस्रो सबैभन्दा ठूलो भर्चुअल मुद्रा बनेको छ । यसका अतिरिक्त कारडानो, स्टेलर र लोटामा पनि उच्च वृद्धि भएको छ । यिनीहरुमध्ये धेरैजसो मुद्राको मूल्य एक वर्षअघिसम्म केही पनि थिएन । तर, अहिले कैयौंलाई अर्बपति बनाइरहेको छ ।
लार्सेनको सम्पत्ति बढेसँगै उनलाई ट्विटरमा बधाई सन्देश दिनेको ओइरो लायो । तर, पछि रिपलको मूल्य र फोर्ब्समा उनको र्याङ्क दुवैमा गिरावट आयो ।