गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही : दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ अाेटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।