थापाले ट्विटमा लेखेका छन्, ‘मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए । तर समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु/बन्द रहनु कूटनीतिक कमजोरी देखिन्छ । यसबाट आशङ्का पैदा भएको छ । भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया खोलेको सञ्चारमाध्यममा आएको छ । प्रम केपी शर्मा ओलीले छानबिन गर्नुहुन्छ कि ?'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मलेसियाको रोजगारी नखुलेपछि आशङ्का पैदा भएको प्रतिक्रिया दिएका छन् । मलेसियासँग श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी नखुल्नुलाई उनले कूटनीतिक कमजोरीका रुपमा चित्रण गरेका छन् ।
भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया नखोलेको सञ्चारमाध्यममा आएको र त्यसमा प्रधानमन्त्री केपी ओलीले छानबिन गर्लान् कि भनेर उनले प्रश्न गरेका छन् ।
थापाले ट्विटमा लेखेका छन्, ‘मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए । तर समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु/बन्द रहनु कूटनीतिक कमजोरी देखिन्छ । यसबाट आशङ्का पैदा भएको छ । भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया खोलेको सञ्चारमाध्यममा आएको छ । प्रम केपी शर्मा ओलीले छानबिन गर्नुहुन्छ कि ?’
श्रममन्त्री गोकर्ण विष्टले जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै पाँच संस्थाको खारेजी घोषणा गरी कारबाहीको दायरामा ल्याएका थिए । मलेसियाको रोगारी ६ महिना बन्द भएपछि कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी भएको थियो । समझदारीअनुसार कामदार पर्ने सम्पूर्ण आर्थिक भार मलेसियाको रोजगारदाताले तिर्ने सहमति भएको छ ।
मन्त्री विष्टले आफैंले कारबाही गरेका संस्था आफूनिकट रहेका म्यानपावर व्यवसायी रघु पुरी, सन्तोष कार्की र ऊर्जा व्यवसायमा रहेकी पूजा चन्द ठकुरीलाई दिलाउन मलेसियाको रोजगारी खुला नगरिएको वैदेशिक रोजगार व्यवसायी सङ्घले आरोप लगाएको छ । उसले १९ गतेभित्र नखोलिए कलिङ भिसाका लागि राहदानी बुझाएर प्रक्रिया अगाडि बढाउने जनाएको छ ।