विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोमबार बिहान फ्लाई दुबईको उडानद्वारा नेपाल आएका भारतीय नागरिक राजेश गोविन भाई सगपरियालाई अवैध भन्सार छलीको सुनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

काठमाडाैं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोमबार बिहान फ्लाई दुबईको उडानद्वारा नेपाल आएका भारतीय नागरिक राजेश गोविन भाई सगपरियालाई अवैध भन्सार छलीको सुनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल प्रहरीका अनुसार भारतीय नागरिकले एक थान सुनको बाला र २ थान सिक्री लुकाएर ल्याएका थिए । अवैध सुनसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।