भन्सार छलीको सामग्रीसहित एक भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले भन्सार छली नेपालतर्फ म्याजिक गाडीमा ल्याउँदै गरेको अवस्थामा उक्त सामग्रीसहित यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले सिराहाबाट अवैध भन्सार छलीको अगरबत्ती तथा खाध्यान्न बरामद गरेको छ । भारतीय बजारबाट भन्सार छली नेपालतर्फ ल्याइएको करिब १ लाख १३ हजार १ सय ९० रुपैयाँबराबरको विभिन्न खाद्य सामग्री र अगरबत्तीसहित भारत बिहार ग्रामपञ्चायत बेल्हा भाला सदर टोल रामसालाका १८ वर्षीय पङ्कजकुमार यादवलाई आइतबार दिउसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले भन्सार छली नेपालतर्फ म्याजिक गाडीमा ल्याउँदै गरेको अवस्थामा उक्त सामग्रीसहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएको प्रहरीले जनाएको छ ।