इजरायलसँग मिलेकोे अभियोगमा छ जनालाई फाँसीको फैसला

इजरायलीसँग सन्दिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले बताएका छन् । छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ ।

गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय सुनाएको छ ।

इजरायलीसँग सन्दिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले बताएका छन् । छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ ।

फाँसीको सजाय पाउने एक मात्र महिला अमाल रहेकी अधिकारीहरुले बताएका छन् ।

हमास र त्यसको गठबन्धनले इजरायलसँग गत २००८ देखि युद्ध लड्दै आएको छ । एजेन्सी