अष्ट्रेलिया टुरमा जाँदै नेपाल आइडलका टप सिक्स् यस्तो छ समय तालिका

टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले सहभागीता जनाउने भएका हुन् । टप सिक्सबाट बाहिरिएका पवन गिरिलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजकको भनाई छ ।

नेपाल आइडल सिजन टुका टप सिक्स अष्ट्रेलिया टुरमा जाने भएका छन् ।एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुरमा आइडलका प्रयिोगी अष्ट्रेलिया जने भएका हुन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ ।

टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बरालले सहभागीता जनाउने भएका हुन् । टप सिक्सबाट बाहिरिएका पवन गिरिलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको आयोजनको भनाई छ ।

इभेन्टका निर्देशक अभिमानसिंह बस्नेतले अष्ट्रेलियाको मुख्य ८ शहरमा साँगेतिक प्रस्तुतीका लागि कार्यक्रम तय गरिएको जानकारी दिए । उनका अनुसार, सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ । अन्य दुई शहरमा पनि छिट्टै घोषणा हुनेछ ।