घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ ।
काठमाडौं : काठमाडौंको तिलगङ्गामा एक कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो तिलगङ्गामा सर्लाही हरिवनकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ ।
खुकुरी प्रहारबाट घाइते वाग्लेको ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।