धरान उपमहानगरपालिका–१७ उदय टोलका १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा स्थानीय २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
सिकार खेल्ने बहानामा जङ्गल लगेर साथीको हत्या गर्ने ६ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१७ उदय टोलका १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा स्थानीय २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
मङ्सिर ७ गते राति आशिषसहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जङ्गलमा सिकार गएका थिए ।
त्यसमा ६ जना साथी घर फर्किएको र आशिष घर फर्की नआएको भन्दै उनका आफन्तले मङ्सिर १६ गते इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए ।
सिकार खेल्न गएका कोमलसहित ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुलेको प्रहरीले जनाएको छ । सिकार खेल्ने बहाना बनाएर उनीहरुले साथीको हत्या गरी खाल्डोमा पुरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका ६ जनालाई प्रहरीले थुनामा रादी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।