सोमबार ललितपुर महानगरपालिका १३ कुसुन्तिस्थित चक्रपथमा चल्ने बा ४ ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाइल र पैसा पाकेटमारी गर्दै गरेका बेला प्रहरीले दोलखाका २५ वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको हो ।
काठमाडौं : महिला तथा बालबालिकामाथि सवारी साधनमा हुने हिंसा नियन्त्रण गर्न प्रहरीले थालेको अपरेसन ‘सेफ्टी पिन’मा एक जना पाकेटमार पक्राउ परेका छन् ।
सोमबार ललितपुर महानगरपालिका १३ कुसुन्तिस्थित चक्रपथमा चल्ने बा ४ ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाइल र पैसा पाकेटमारी गर्दै गरेका बेला प्रहरीले दोलखाका २५ वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको हो ।
‘सेफ्टी पिन’मा खटिएको प्रहरी टोलीले पाकेट मार्दै गरेका बेला खड्कालाई पक्राउ गरेको थियो । खड्काका साथबाट प्रहरीले पाकेटमारी गरेका विभिन्न व्यक्तिका ३ थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका पाकेटमारलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।