किसानको धानमा आगाे लगाउने ३ भारतीय पक्राउ

धानको कुन्यूमा आगाे लगाउने भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

महोत्तरी : किसानको धानको कुन्यूमा आगो लगाउने तीन जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । धानको कुन्यूमा आगाे लगाउने भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

महोत्तरीको मनरासिस्वा नगरपालिका १० मरुवाहीका प्रेमशङ्कर चौधरीको धानको कुन्यूमा आगजनी गर्ने भारत सीतामढी सुरसण्डका अभिशेषकुमार राउतसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका भारतीयलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।