औसतमा मासिक ३० हजार कामदारले गर्ने बचत गुमाएको संघको तथ्याङमा उल्लेख गरेको छ । सघको भनाई अनुसार मासिक १ अर्ब ८० करोड रेमिट्यान्स गुमेको छ । मासिक १ अर्ब ८० करोडले सात महिना मा १२ अर्ब ६० करोड रेमिट्यान्स गुमिसकेको संघले जनाएको छ ।
काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया बन्द भएको सात महिनामा १२ अर्ब ६० करोड रुपैया रेमिट्यान्स गुमेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मासिक १ हजार देखि १० हजार कामदार मलेसिया गइरहेकोमा सात महिनाको अवधिमा ६० हजार नेपाली कामदारले रोजगारी गुमाएका छन् ।
त्यस्तै औसतमा मासिक ३० हजार कामदारले गर्ने बचत गुमाएको संघको तथ्याङमा उल्लेख गरेको छ । सघको भनाई अनुसार मासिक १ अर्ब ८० करोड रेमिट्यान्स गुमेको छ । मासिक १ अर्ब ८० करोडले सात महिना मा १२ अर्ब ६० करोड रेमिट्यान्स गुमिसकेको संघले जनाएको छ ।
गत जेठ २ देखि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको कारण यो सात महिनामा ६० हजार भन्दा बढी यूवाहरुको मलेसिया जानबाट बञ्चित भएका छन् । साथै करिब १५ हजार कलिङ् भिषा प्राप्त यूवाहरु बिगत सात महिनादेखि मलेसिया रोजगारी खुल्ने प्रतिक्षामा रहेको संघले जानकारी दिएको छ ।
संघका अनुसार करीब १५ हजार भिषा पा्रप्त गरेका कामदारहरुले स्वाथ्य परिक्षणमा ४ हजार ५००, आएससीमा ७ हजार ७०० रकम खर्च भइसकेको छ । उक्त रकम १५ हजार यूवाले खर्च गरिसकेका छन् । साथै कलिङ भिषा पा्रप्त कामदारहरु मलेसिय प्रवेश गर्न नसकेमा ५ बर्ष सम्म कालो सूचिमा परी मलेसिया सरकारले भिषा नदिने नियम रहेका छ ।
मन्त्रालयले विदेश जाने युवाहरुलाई भिएलएन, ओएससी, आएससी बायोमेट्रीक लगाएतका संस्थाहरुबाट आर्थिकभार पारेको भन्दै मुद्धा चलाएर तत्कालका लागि कामदार पठाउन बन्द गरेको थियो । तर नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा ती संस्थाहरु यथावत रहने उल्लेख गरिएको छ । श्रम समझदारी लगत्तै रोजगारी खुलाउने सहमति भएपनि हालसम्म नखुलेको भन्दै बैदेशीक रोजगार संघले पनि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउदै तत्काल रोजगार खुलाउन पहल गरिदिन आग्रह गरेको छ ।
प्रधानमन्त्रीले तत्काल रोजगारि सम्बन्धी चासो नदिए सबै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई लाइसेन्स बुझाउनु को विकल्प नरहेको एक व्यवसायिले बताए ।वैदेशिक रोजगार व्यवस्थित गर्ने नाममा अनावश्यक दुख्ख दिने काम भएको प्रति व्यवसायी हरु दुखी भएका छन ।