कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सूचनाप्रविधिको प्रयोग गर्न नसकेकाले अहिले नापी, भूमिसुधारलगायत सरकारी काम ठप्प रहेको धारणा राखे । ‘यसबाट के बुझ्न सकिन्छ भने सूचनाप्रविधिको महत्त्व बुझ्न सकिरहेका छैनौं,’ उनले भने । सरकारले यसलाई डिजिटल फम्र्याटमा लैजानुपर्ने उनको भनाइ छ ।
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले बेरोजगारी घटाउन सूचनाप्रविधि (आईसीटी) क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । नेपाललाई छिटोभन्दा छिटो डिजिटल नेपाल घोषणा हुनुपर्ने बताउँदै अक्षमलाई सक्षम बनाउन आईटी क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ ।
युनेस्ट नेपालको आयोजनमा बुधबार सोसल डाइलग अन आइटी सेक्टर इन नेपाल नामक कार्यक्रमा मन्त्री विष्टले सूचनाप्रविधिको प्रयोग गर्न नजान्ने जोकोहीले पनि आफूलाई अक्षम र अशिक्षित ठान्नुपर्ने उनको भनाइ छ ।
‘आईसीटी क्षेत्रले सिङ्गो समाज र विश्वलाई सानो आँगनमा परिणत गरेको छ । अब यस क्षेत्रमा लाखौंले रोजगारी पाउने अवस्था छ । सरकार पनि वार्षिक हजारौंलाई रोजगारीको अवसर ल्याउन अग्रसर भएर लागिसकेको छ,’ उनले भने ।
पाँच वर्षमा एक लाखभन्दा बढीलाई आईटी क्षेत्रमा रोजगारी दिने सरकारको योजना रहेको समेत उनले बताए ।
कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले सूचनाप्रविधिको प्रयोग गर्न नसकेकाले अहिले नापी, भूमिसुधारलगायत सरकारी काम ठप्प रहेको धारणा राखे । ‘यसबाट के बुझ्न सकिन्छ भने सूचनाप्रविधिको महत्त्व बुझ्न सकिरहेका छैनौं,’ उनले भने । सरकारले यसलाई डिजिटल फम्र्याटमा लैजानुपर्ने उनको भनाइ छ ।
नेपाल डिजिटल र ई–गभर्नेन्समा गइसकेको र यसको प्रयोगलाई अब बृहत रुपमा लैजानुपर्ने सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवको भनाइ छ ।