गत हप्ता मात्रै ट्रम्प प्रशासनले पाकिस्तानलाई दिने भनिएको दुई अर्ब डलरको सहायता रकम रोकेको थियो । यसमा पाकिस्तानका विदेशमन्त्रीले अमेरिका अब पाकिस्तानको सहयोगी नरहेको भनेका थिए ।
वासिङ्टन : ट्रम्प प्रशासनले भनेको छ, पाकिस्तानसँग सामरिक धैर्य बनाइराख्नु र त्यसलाई कुनै प्रलोभन दिनुको सट्टा अब इस्लामाबादलाई ‘केही नयाँ’ गर्ने बेला आएको छ, जसले पाकिस्तानलाई आतङ्ककारीहरुका लागि सुरक्षित स्थान बन्नबाट रोक्न सकियोस् जहाँबाट उनीहरु (आतङ्ककारी) ले अमेरिका तथा उसका सहयोगीहरुमाथि आक्रमण गर्न सक्छन् । यद्यपि यो ‘केही नयाँ’ को अर्थ के हो भनेर प्रस्ट पारिएको छैन तर, यसलाई ठूलै कारबाहीको अड्कल मानिएको छ । ९–११ को आक्रमणपछि अमेरिकी सरकारद्वारा अपनाइएको पाकिस्तान नीतिले सही काम नगरेको पनि ट्रम्प प्रशासनले भनेको छ ।
ट्रम्प प्रशासनका एक अधिकारीले नाम नभन्ने सर्तमा पत्रकारहरुसँग भनेका छन्, ‘पाकिस्तान वा अफगानिस्तानलाई आतङ्ककारीहरुका लागि सुरक्षित स्थान बन्न नदिनका लागि अमेरिका प्रतिबद्ध छ, जहाँबाट आतङ्ककारीले अमेरिका तथा उसका सहयोगीहरुमाथि आक्रमण गर्ने गर्छन् । उनीहरु त्यस क्षेत्रमा स्थिरताका लागि खतरा बनेका छन् तथा आतङ्कवादसँग जोडिएका ती तमाम गतिविधिहरुलाई महत्त्व दिइरहेका छन्, जसको हामी सामना गरिरहेका छौं ।’
ट्रम्प प्रशासनले यसका लागि अघिल्ला सरकारहरुलाई पाकिस्तानप्रति गरिएको व्यवहारलाई जिम्मेवार मानेको छ । ती अधिकारीले भने, ‘पूर्व प्रशासनले सामरिक धैर्य बनाइराख्न केरी–लुगर–बर्मन बिलजस्ता प्रलोभन दिए, (यसमा पाकिस्तानलाई अर्बौं डलरको सहायता राशि दिइयो) तर, केही काम लागेन । आतङ्ककारीहरुले पाकिस्तानमा पूर्ण स्वतन्त्रपूर्वक काम गरिरहेका छन् । त्यहाँ सरकार र आतङ्ककारी समूहबीच पनि सम्बन्ध छ ।’
अधिकारीले भनेका छन्, ‘ट्रम्प प्रशासनको मान्यता छ कि अब केही नयाँ गर्ने बेला भएको छ । यदि अमेरिकाले अफगानिस्तानमा केही राम्रो गर्नु छ भने यी सुरक्षित स्थानलाई आँखा चिम्लन सकिन्न ।’ राष्ट्रपति ट्रम्प अफगानिस्तानलाई स्थिर बनाउने हाप्mनो प्रतिबद्धतालाई लिएर स्पष्ट छन् ।
गत हप्ता मात्रै ट्रम्प प्रशासनले पाकिस्तानलाई दिने भनिएको दुई अर्ब डलरको सहायता रकम रोकेको थियो । यसमा पाकिस्तानका विदेशमन्त्रीले अमेरिका अब पाकिस्तानको सहयोगी नरहेको भनेका थिए । ती अधिकारीले भने, ’यस क्षेत्रमा ९–११ आक्रमणका जरा गाडिएका छन् । हामीले अफगानिस्तानमा जनशक्ति र धन दुवै लगानी गरेका छौं । हामी अफगानिस्तानमा तालिबानलाई हावी हुन नदिने आप्mनो सङ्कल्पप्रति प्रतिबद्ध छौैं र अफगानिस्तान वा पाकिस्तानलाई आतङ्ककारीहरुको सुरक्षित बासस्थान बन्न नदिनेमा पनि प्रतिबद्ध छौं, जहाँबाट आतङ्ककारीहरुले अमेरिका र उसका सहयोगीहरुमाथि आक्रमण गर्न सक्छ ।’