
समितिका सदस्य विशाल भट्टराईले एनएसीका महाप्रबन्धक कंसाकारमाथि वाइडबडी खरिदमा घोटाला गरेको आरोप लागेको बताउँदै तत्काल उनलाई पदबाट हटाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई आग्रह गरेका छन् ।
काठमाडौ : सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा नेपाल वायुसेवा निगम (एनएसी) का महाप्रबन्धक सुगतरन्त कंसाकारको राजिनामा माग गरिएको छ ।
समितिका सदस्य विशाल भट्टराईले एनएसीका महाप्रबन्धक कंसाकारमाथि वाइडबडी खरिदमा घोटाला गरेको आरोप लागेको बताउँदै तत्काल उनलाई पदबाट हटाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई आग्रह गरेका छन् ।
आरोपी व्यक्ति नै सरकारी निकायमा रहिरहँदा छानबिनलाई प्रभावकारी बनाउन नसकिने बताउँदै पदमुक्त गर्न मन्त्री अधिकारीलाई अनुरोध गरेका हुन् । पर्यटनमन्त्री अधिकारीले भने यस विषयमा केही प्रतिक्रिया जनाएका छैनन् ।