यो अमेरिकी रिटेल कम्पनीले ८ महिनाअघि यस क्षेत्रमा ५० करोड अमेरिकी डलर निवेश गर्ने स्वीकृति पाएको थियो । यस युनिटले केवल स्थानीयस्तरमा बनेका र पुरियाबन्द खाद्यान्न उत्पादन बेच्न सक्छ ।
अनलाइन खरिदबिक्री गर्ने अग्रणी कम्पनी अमेजनले भारतमा मार्चदेखि आप्mनो सब्सिडियरीहरुको सहयोगमा तयारी खाद्यान्न बेच्दै छ । यो अमेरिकी रिटेल कम्पनीले ८ महिनाअघि यस क्षेत्रमा ५० करोड अमेरिकी डलर निवेश गर्ने स्वीकृति पाएको थियो । यस युनिटले केवल स्थानीयस्तरमा बनेका र पुरियाबन्द खाद्यान्न उत्पादन बेच्न सक्छ ।
अमेजन भारतको फूड–ओनली रिटेलिङ सेक्टरमा ठूलो लगानी गर्ने एक मात्र कम्पनी हो । यसले शतप्रतिशत विदेशी स्वामित्व भएको सब्सिडेयरिजको अनुमति पाएको छ, जसले स्थानीयस्तरमा बनेका खाद्यान्नहरु बेच्ने नवभारत टाइम्समा रसुल बैलेले लेखेका छन् । यो भेन्चर सुरु गर्न गत वर्षको फेब्रुअरीमा अमेजनले दिएको निवेदन सरकारका लागि राहत जस्तै थियो । किनकि हालै बनाइएको ’फुड ओनली रिटेलिङ’ सेक्टरमा लगानी जुटाउन सरकार असक्षम भएको थियो । सरकारको उद्देश्य यस सेक्टरको माध्यमले रोजगारी पैदा गर्नु र किसानहरुलाई मद्दत गर्नु हो । उता वालमार्टसमेत अरु ग्लोबल रिटेलरहरुले यस सेगमेन्टमा लगानी गर्न चासो देखाएनन् । उनीहरुको तर्क छ, थोरै मार्जिन हुने फूड आइटम्सको मात्र व्यवसाय आर्थिक दृष्टिकोणले टिकाऊ हुँदैन र यसप्रकारका भेन्चरहरुमा स्याम्पु, डिटर्जेन्ट साबुन जस्ता नन–फूड आइटमहरु पनि बेच्ने अनुमति दिइनु पर्छ ।
कडा विरोधका बावजुद भारत सरकारले फुड रिटेलिङ सेगमेन्ट तयार गर्न मल्टीब्रान्ड रिटेलमा वैदेशिक लगानीलाई स्वीकृति दिएको थियो । यसको उद्देश्य रोजगारी पैदा गर्नु र किसानहरुलाई मद्दत गर्नु हो ।
वैदेशिक लगानी भएका स्थानीय अनलाइन ग्रोसरी फर्म बिगबास्केट डट कम र ग्रोफर्सलाई पनि स्थानीय खाद्य उत्पादनहरु बेच्न स्वीकृति पाएका छन् । हाल अमेजनले भारतमा अनलाइन मार्केटप्लेसको मातहत आप्mनो व्यवसाय सञ्चालन गर्दछ र ग्राहकलाई सीधै सामान बेच्ने अनुमति पाएको छैन । यसले स्थानीय व्यापारीलाई तिनका सामान बेच्ने प्राविधिक प्लेटफर्म उपलब्ध गराउँछ ।