विद्युत नियमन आयाेगका अध्यक्ष बन्न ऊर्जा सचिव उपाध्यायले दिए राजिनामा

विद्युत नियमन आयोग अध्यक्ष बन्न पनि उनको राजीनामा आएको हुन सक्ने मन्त्रालय स्रोतको दाबी छ ।

काठमाडौं ।विद्युत नियमन अायाेगकाे अध्यक्ष बन्न ऊर्जासचिव अनुपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा लामो समयदेखि सचिवको नेतृत्व सम्हालेका उपाध्यायले नेतृत्व लिन पदबाट राजीनामा दिएकाे मन्त्रालयले स्राेतकाे दाबी छ । उनले उर्जा क्षेत्रको विकास र लोडसेडिङ अन्त्य गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । आगामी फागुनमा सेवानिवृत्त हुनु अगावै उनको राजीनामा आएको हो ।

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ आएपछि लोडसेडिङ अन्त्य गर्नमा पनि उपाध्यायको भूमिका छ । विद्युत प्राधिकरणलाई व्यवस्थित गर्दै नाफामा लैजान उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

विद्युत नियमन आयोग गठन गर्न ऊर्जा मन्त्रालयकै अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा बनेको समितिले आयोग गठनका लागि अध्यक्षसहित चारजनाका लागि कात्तिक ३० गते दरखास्त मागेको थियो, त्यसका लागि दरखास्त बुझाउने आज अन्तिम दिन हो ।