प्रधानन्यायाधीश विरुद्ध अनसन बसेपछि गोविन्द केसी पक्राउ

एसपी रामदत्त जोशीसहितको टोलीले केसीलाई पक्राउ गरेको हो । केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाटै अनसन सुरु गरेपछि केसी विरुद्ध अदालतमा मानहानी मुद्दा दायर भएको थियो । सो मुद्दामा न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी मंगलबार विहान अदालतमा हाजिर गराउन आदेश दिएका थिए ।

सर्वोच्च अदालतको निर्देशनपछि भ्रष्टाचार विरुद्धका अभियन्ता त्रिविवि शिक्षण अस्पतालका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीले अदालत र प्रधानन्यायाधीशको मानहानी हुने अभिव्यक्ति दिएको आरोपमा अदालतको निर्देशनपछि प्रहरीले सोमबार साँझ टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको हो ।

एसपी रामदत्त जोशीसहितको टोलीले केसीलाई पक्राउ गरेको हो । केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाटै अनसन सुरु गरेपछि केसी विरुद्ध अदालतमा मानहानी मुद्दा दायर भएको थियो । सो मुद्दामा न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी मंगलबार विहान अदालतमा हाजिर गराउन आदेश दिएका थिए ।

प्राध्यापक डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुनर्बहाली गर्न प्रधानन्यायाधीश पराजुली सहितको इजलासले फैसाल सुनाएपछि डा.केसी अदालत विरुद्ध खनिएका हुन् ।