महानगरीय अपराध महाशाखाको टोलीले भाग्न खोज्दा लिम्बूमाथि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेका लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं : काठमाडौंको कालोपुलमा गुन्डा नाइके राजन लिम्बूमाथि गोली प्रहार भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले भाग्न खोज्दा लिम्बूमाथि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेका लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका लिम्बू दर्जनभन्दा बढी लुटपाट र डकैतीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ ।