जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ ।

जाडो लाग्दै छ । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ । प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ ।

जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ । सामान्य फुटपाथदेखि सपिङ मलसम्म जाडो मौसममा लगाउने कपडा र प्रयोग गर्ने इलेक्ट्रिक सामानको व्यापार बढ्दै छ । यस्तो अवस्थामा कपडाले मात्र केही गर्दैन, चिसोबाट बच्ने अन्य उपाय पनि अपनाउनु राम्रो हुन्छ । हामीले यहाँ जाडोबाट बच्ने केही उपायबारे चर्चा गरेका छौं । अवश्य पनि ती उपाय तपाईंलाई उपयोगी हुन सक्छन्—

तातो खाना खानुहोस्

जाडोमा तातो खाना खाँदा त्यसले शरीरलाई फाइदा पु¥याउँछ नै । तातो खाना मात्र होइन, शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा खानु राम्रो होइन । जाडोमा चिसो खाना खानुभयो भने तपाईंको स्वास्थ्यलाई बढी असर गर्न सक्छ ।

अदुवा खानुहोस्

शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा सेवन हो । यसले रुघाखोकीलगायतका चिसोबाट उब्जिने समस्या समाधान गर्छ । अदुवा चियामा हालेर होस् वा खानामा मसलाका रुपमा पनि प्रयोग गरेर सकिन्छ । जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अधिकांश मानिसलाई चिसो मौसममा रुघाखोकीलगायत समस्या हुने गरेका छन् । अदुवालाई पोलेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

शरीरमा तेल लगाउनुहोस्

तेलको मालिस शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि हो । विशेषगरी तिल, जैतुन र तोरीको तेल शरीरमा मालिस गर्दा त्यसले राम्रो गर्छ । तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्छ । मानिसले तातो बिहानको घाममा तेल लगाई मालिस गर्ने चलन पनि छ । जोडाबाट बच्न यो विधि पनि उपयुक्त हुन्छ । बिहानीको घाममा बस्दा पनि जाडोबाट सुरक्षित हुन सकिन्छ ।

घाम अवश्य ताप्नुहोस्

घाममा भिटामिन डी पाइन्छ । जाडो याममा शरीर अल्छी हुन जान्छ । घाम ताप्नाले शरीरमा स्फूर्ति आउनुका साथै चिसोबाट पनि बचाउन मद्दत गर्दछ । त्यसैले जाडोमा घाम ताप्न नभुल्नुहोस् ।

मह सेवन गर्नुहोस्

जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाकारी छ । महमा आइरन पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । साथै तन्दुरुस्तीका लागि पनि मह फाइदाजनक छ ।

कस्ता लुगा लगाउने ?

जाडो याममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । बजारमा अहिले विभिन्न मूल्यका ज्याकेट, हुक र कोट उपलब्ध छन् ।

जाडोमा भुवायुक्त टिसर्ट, हाइनेक, लेदरको ज्याकेट पनि लगाउनु राम्रो हुन्छ ।