दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न पीपीए ‘टेक अर पे’ मा गरिने

ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा अान्तरिक खपतसहित १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा गर्ने भएको छ । वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा अान्तरिक खपतसहित १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको हो ।

आर्थिक वर्ष २०८४/८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म रन अफ रिभर प्रकृतिका आयोजनाको टेक अर पे मा विद्युत खरिद सम्झौता निर्णय भएको हो । नेपाल विद्युत प्राधिकरणमा बसेको बोर्ड बैठकले यसअघि प्राधिकरणले टेक एण्ड पेमा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ ।

बैठकले ४ हजार ५ सय मेगावाटसम्मका पिकिङ रन अफ रिभर प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौता टेक अर पेमा गर्न बैठकले प्राधिकरणलाई निर्देशन दिएको छ ।

निजी ऊर्जा प्रवद्र्धकले लामो समयदेखि टेक अर पे मा विद्युत खरिद सम्झौता गर्न माग गर्दै आएका थिए । टेक अर पेमा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोधभर्नाको लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ ।

टेक अर पेमा सम्झौताको प्रावधान राखिएपछि निजी ऊर्जा प्रवद्र्धकले विद्युत आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयको विश्वास छ ।