अवैध लागूऔषध गाँजासहित पक्राउ

मानसिंह सरदार थारुलाई करिब १ हजार २ सय ग्राम अबैध लागूऔषध गाँजासहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

काठमडौं : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयर लाईन्सको उडानद्वारा दोहा कतार जान लागेका मोरङ वलिगामा-४ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारुलाई करिब १ हजार २ सय ग्राम अबैध लागूऔषध गाँजासहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलको डिपार्चरको एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा प्लास्टिकमा पोको पारी लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।