जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धनबहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 

धनकुटा : ​चौबिसे गाउँपालिका-५ हमेलावस्ने ४ वर्षीया बालिकालाई मंङसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धनबहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।