भीएलएनका अध्यक्ष राम श्रेष्ठलाई अदालतले दियो सफाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीले २०७५ असार ३ गते जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । श्रेष्ठविरुद्ध दायर भएको निवेदनमा सरकारको दाबी पुग्ने प्रमाण प्राप्त नदेखिएकाले सफाईको फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

काठमाडौं : मलेसिया जाने कामदारलाई ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष राम श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले सफाई दिएको छ । सरकारले श्रेष्ठमाथि भीएलएन संस्था खडा गरी कामदारलाई ठगेको भन्दै मुद्दा दायर गरेको थियो ।

श्रेष्ठलाई जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयको इजलासले मङ्गलबार सफाई दिएको फैसला सुनाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीले २०७५ असार ३ गते जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । श्रेष्ठविरुद्ध दायर भएको निवेदनमा सरकारको दाबी पुग्ने प्रमाण प्राप्त नदेखिएकाले सफाईको फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा ठगी मुद्दा दायर गरेको थियो । गत जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेटधारी संस्थाहरु बन्द गर्ने निर्णय गरेका थिए ।