नोटबन्दी तथा जीएसटी जस्ता परिवर्तनकारी आर्थिक फैसला लागू गरेका दास सिभिल सेवाबाट रिटायर भएपछि भारतीय केन्द्रीय सरकारको वित्त आयोगका सदस्य नियुक्त भएका थिए ।
पूर्व वित्तसचिव शक्तिकान्त दासलाई भारतीय रिजर्भ बैङ्क (आरबीआई)को नयाँ गभर्नर नियुक्त गरिएको छ । यस नियुक्तिमा पुरै दुनियाँको नजर छ । विश्वको दोस्रो ठूलो बजार अर्थात् तेस्रो ठूलो अर्थतन्त्र भएकाले यस नियुक्तिमा विश्वको आँखा परेको हो । यसअघि आरबीआईका गभर्नर उर्जित पटेलले भारत सरकारका साथ चलेको स्वायत्तताको खीचातानीबीच राजीनामा दिएका थिए ।
रिजर्भ बैङ्क र सरकारबीच चलेको विवाद नजरअन्दाज गर्दै २४ घन्टाभित्र भारतमा ठूलो आर्थिक फैसला लागू गर्ने रिटायर्ड आईएएस अधिकारी दासलाई रिजर्भ बैङ्कको जिम्मा दिइएको छ । नोटबन्दी तथा जीएसटी जस्ता परिवर्तनकारी आर्थिक फैसला लागू गरेका दास सिभिल सेवाबाट रिटायर भएपछि भारतीय केन्द्रीय सरकारको वित्त आयोगका सदस्य नियुक्त भएका थिए ।
दासलाई यस्तो समयमा रिजर्भ बैङ्कको कमान्ड सम्हाल्न दिइएको छ, जुन समयमा केन्द्रीय बैङ्क सरकारसँग स्वतन्त्रताको लडाई लडिरहेको छ । यस्तो समयमा आरबीआईका नव नियुक्त गभर्नर दाससँग गम्भीर चुनौती खडा छन् ।
यस्ता छन् गभर्नरका चुनौती
चुनौती नम्बर – १
शक्तिकान्त दासको अगाडि रहेको सबैभन्दा ठूलो चुनौती भारतीय केन्द्रीय बैङ्कको शाख बचाउनु हुनेछ । जसरी पछिल्ला दुई गभर्नर उर्जित पटेल र रघुराम राजनले केन्द्र सरकारको हस्तक्षेपलाई बेवास्ता गर्दै आरबीआई सम्हालेका थिए । त्यसैगरी दासले भारत सरकारको हस्तक्षेपलाई चिर्दै केन्द्रीय बैङ्कलाई स्वतन्त्र राख्न सक्नुपर्छ । विश्वको अर्थव्यवस्थामा प्रत्येक देशको केन्द्रीय बैङ्क आफ्नो सरकारको हस्तक्षेप स्वीकार गर्दैनन् । यस्तो अवस्थामा दाससामु केन्द्रीय बैङ्कलाई स्वतन्त्र राख्नुपर्ने चुनौती छ ।
चुनौती नम्बर – २
रिजर्भ बैङ्कका गभर्नरलाई तीन वर्षका लागि नियुक्त गरिन्छ । सामान्य अवस्थामा विश्वको अर्थतन्त्रमा गभर्नरको कार्यशैलीअनुसार कार्यकाल बढाइन्छ । त्यसकारण गभर्नरलाई १५ देखि २० वर्षको अर्थव्यवस्था चलाउन पर्याप्त समय मिल्छ । रघुराम राजनको कार्यकाल बढेन, उर्जित पटेलको कार्यकालमा विभिन्न समस्या उत्पन्न भए । शक्तिकान्त दाससामू आफ्नो तीन वर्षीय कार्यकालमा विश्वको आर्थिक स्थितिको आकलन गर्दै मौद्रिक नीति निर्धारित गर्दै केन्द्र सरकारसँग समझदारी राख्नुपर्छ ।
चुनौती नम्बर – ३
शक्तिकान्त दासले सरकार र आरबीआईको सम्बन्ध सुधारको समयमा कस्तो बाटो अपनाउँछन् । यसअघिका गभर्नरले केन्द्र सरकारको आरबीआईमा हस्तक्षेप खुलेर विरोध गरेका थिए । केही समययता केन्द्रीय बैङ्कले देशको बैङ्किङ क्षेत्रमा आफ्नो नीति कडा बनाएको छ । सोही कारण सरकारी बैङ्कसँग कर्जा लिन र दिन धेरै कम भएको छ । केन्द्रीय बैङ्कको उक्त नीतिको प्रभाव पछिल्लो समयमा भारतमा देखिए पनि बैङ्कसामु खराब सम्पत्ति (एनपीए)को समस्या ज्यादा देखिएको छ । बैङ्कको एनपीएमा देखिएको समस्यालाई समाधानको बाटोमा लग्नु दासका लागि ठूलो चुनौती हुनेछ ।
चुनौती नम्बर – ४
भारतमा हाल महँगी सबैभन्दा ठुलो समस्या बनेको छ । महँगीलाई आधार बनाएर केन्द्रीय बैङ्कले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गर्छ । बैङ्कको ब्याजदर बढाउने वा घटाउने काम स्वदेश तथा तथा विदेशमा कायम महँगीलाई आधार बनाएर गरिन्छ । विश्वस्तरमा ओपेक तथा रुसद्वारा कच्चा तेल उत्पादनमा कटौती गरेपछि कच्चा तेलको भाउ महँगो हुँदै गएको छ । भारतमा पछिल्लो चार वर्षयता ठूलो आर्थिक राहतका रुपमा सस्तो मूल्यमा पाइने कच्चा तेल थियो । केन्द्र सरकार र आरबीआईसँग महँगीलाई आफ्नो काबुमा राख्न सहज भएको थियो । विश्वको स्थिति पल्टेपछि महँगी नियन्त्रणमा राख्नु आरबीआईको अहम चुनौती हो ।
चुनौती नम्बर – ५
केन्द्र सरकारसँग स्वतन्त्रताको मुद्दाबाट टाढा रहेर उत्कृष्ट मौद्रिक नीतिका साथै केन्द्रीय बैङ्कको अहम चुनौती, घरेलु आर्थिक स्थिति तथा विश्वको चुनौती नियाल्दै दासले कुन तरिकाले देशको अर्थव्यवस्था अगाडि लग्ने छन् । विश्वको अर्थव्यवस्थामा कारोबारको मापदण्ड राम्रो बनाउनु तथा घरेलु कारोबार बढाउनका लागि निश्चित नीतिको सहारा लिन केन्द्रीय बैङ्कको चुनौती हुनेछ ।