प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

बिहीबार बिहान बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा राणालाई सिफारिस गरिएको परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

काठमाडौं : प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा राणालाई सिफारिस गरिएको परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

न्याय परिषद्ले सर्वेच्चका वरिष्ठतम न्यायाधीश दीपक जोशी र न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।