
आइतबार ११२० अङ्कबाट कारोबार सुरु भएको नेप्से बिहीबार ११४८ अङ्क कायम भएको छ । सातामा आइतबार तथा सोमबार उत्साहजनक सुधार आएको थियो । जसको प्रत्यक्ष प्रभावमा नेप्से २८ अङ्कले बढेको हो ।
साताको पहिलो दिन आइतबारदेखि लगानीकर्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) भवनअगाडि अनशनरत छन् । समग्र पुँजी बजार सुधारको माग राख्दै उनीहरु रिले अनशनमा बसेका हुन् । लगानीकर्ता अनशन बसेको सातामा नेप्से २८ अङ्क बढेको छ ।
आइतबार ११२० अङ्कबाट कारोबार सुरु भएको नेप्से बिहीबार ११४८ अङ्क कायम भएको छ । सातामा आइतबार तथा सोमबार उत्साहजनक सुधार आएको थियो । जसको प्रत्यक्ष प्रभावमा नेप्से २८ अङ्कले बढेको हो ।
साताको अन्तिम दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.६० अङ्कले बढेको छ । स्थिर अवस्थाबाट सुरु भएको सेयर बजार साढे दुई घण्टासम्म स्थिर थियो । त्यसपछि केही सुधार आउँदै बढ्न सुरु गरेको सेयर बजार ११५३ अङ्कको बिन्दुमा पुगेको थियो । लगत्तै ओरालो लागेको नेप्से ७ अङ्क बढेर ११४८ अङ्क कायम भएको हो ।
आज नेप्सेमा १ सय ५४ कम्पनीका ३ हजार २ सय ६६ कारोबारबाट ९ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भई ३२ करोड ३७ लाख रुपैयाँको कारोबारे भएको छ । हिजो बुधबार नेप्सेमा १ सय ५६ कम्पनीका २ हजार ८ सय १७ कारोबारबाट ८ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भई २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका १० समूहमध्ये तीन समूह ओरालो लागेका छन् भने ७ समूहमा सुधार आएको छ । आज होटल, फाइनान्स र अन्यबाहेक सबै समूह बढेका छन् ।