दुइ घण्टामै चिस्यान केन्द्र पुर्याउने गरी दुध संकलन केन्द्र बन्नुपर्ने

संकलन भएको दुध यथासक्य छिटो(२ घण्टा) भित्र चिस्यान केन्द्रसम्म पुर्याउनु पर्नेछ । त्यस्का लागि संकलन केन्द्रदेखि चिस्यान केन्द्र सम्म दुइ घण्टामै पुग्न सकिने गरी केन्द्र स्थापना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारले किसानको दुध दुइ घण्टामै चिस्यान केन्द्र सम्म पुग्न सक्ने गरी दुध संकलन केन्द्र र प्रशोधन कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ । दुध तथा दुग्धजन्य वस्तुको स्वच्छता एवं गुणस्तर निर्देशिका—२०७५ ले किसानदेखि दुध संकलन, चिस्यान र प्रशोधन केन्द्र दुइ घण्टामै पु¥याउन सकिने गरी केन्द्र स्थापना गर्न जोड दिएको हो ।

संकलन भएको दुध यथासक्य छिटो(२ घण्टा) भित्र चिस्यान केन्द्रसम्म पुर्याउनु पर्नेछ । त्यस्का लागि संकलन केन्द्रदेखि चिस्यान केन्द्र सम्म दुइ घण्टामै पुग्न सकिने गरी केन्द्र स्थापना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । संकलन केन्द्रसम्म सडक र विजुली सुविद्या र निष्कासित फोहोरको उचित व्यवस्था हुनुपर्ने छ निर्देशिकामा भनिएको छ ।

बिषम परिस्थितिमा दुध संकलन देखि चिस्यान केन्द्रसम्म दुइ घण्टाको अवधिभित्र पु¥याउने नसकिएको खण्डमा काँचो दुधलाई ५७ देखि ६८ डिग्री सेल्सियस तापक्रममा १० देखि २० सेकेण्डसम्म तताएर चिस्यान केन्द्रमा पु¥याउनुपर्ने निर्देशिकामा उल्लेख छ । संकलन दुध ढुवानीका लागि किसानले दुध ल्याएका भाँडा सफा गरेर मात्रै दुध पठाउँनुपर्ने छ ।

सकभर बिहानको दुध बिहानै र बेलुका दुध बेलुका नै संकलन केन्द्रमा पुर्याउनुपर्ने निर्देशिका लेखिएको छ । यता, चिस्यान केन्द्र पनि सफा र स्वच्छ हुनुपर्ने छ । दुधमा पानी तथा अन्य बाह्य कुरा मिसावट गर्नुहुँदैन । गुणस्तर विग्रेको, फाटेको र बिगौती दुधको खरिद विक्रि पनि चिस्यान केन्द्रमा हुनुहुँदैन ।

निर्देशिकामा दुध उत्पादनदेखि ढुवानी, संकलन, चिस्यान, प्रसोधन गरी डेरी उद्योगसम्म पु¥याउने क्रममा विभिन्न चरणमा गुणस्तरका कुराहरुमा सवै पक्ष सचेत हुनुपर्ने जनाएको छ ।

गुणस्तरी दुध उत्पादन र वितरणका लागि निर्देशिकाले ‘गोठ देखि ओठ’ सम्मका संलग्न पक्षहरुले गुणस्तरमा ध्यान दिनुपर्ने कुरा उल्लेख भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले जानकारी दिए । ‘गुणस्तरी दुध उत्पादन र विक्रि वितरण गर्न स्पष्ट रुपमा निर्देशिकाले सवै पक्षले गुणस्तर कायम राख्न अपनाउनुपर्ने उपाय समेटेको छ’ उनले भने, ‘अहिले दुधको गुणस्तर अभियान चलिरहेको छ । बर्षभरीको अभियानले दुध किसान, उत्पादक, संकलन केन्द्र, डेरी पसल सवै पक्ष सचेत हुने अपेक्षा छ ।’
निर्देशिका स्वीकृत भएर आएपछि यस्को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सचेतना र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

विहीबार विभागले दुध तथा दुग्धजन्य वस्तुको गुणस्तर निर्देशिका कार्यान्वयनका लागि सरोकारवाला पक्ष सँग अन्र्तक्रियात्मक कार्यक्रम गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । निर्देशिका कार्यान्वयन र गुणस्तरी दुध उत्पादनमा सवै पक्षलाई सहभागी गराउन पनि सरकारेवारलासँग अन्तरक्रिया गरिएको उनले बताए ।

सो कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले गुणस्तरीय दुध उत्पादनका लागि दुध किसान, डेरी सञ्चालक र आम उपभोक्ता सचेत बन्नुपर्ने बताए ।