हाल उनको कुल सम्पत्ति यति धेरै भएको छ जति अहिलेसम्म कसैको भएन ।
अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन् । हाल उनको कुल सम्पत्ति यति धेरै भएको छ जति अहिलेसम्म कसैको भएन । सोमबार ब्लुमबर्गद्वारा जारी अर्बपतिहरुको सूचीमा जेफ बेजोस अहिले १०५.१ अर्ब डलरभन्दा पनि धेरै सम्पत्तिका मालिक बनेका छन् भनी उल्लेख गरिएको छ । बेजोसले माइक्रोसप्mटका संस्थापक बिल गेट्सको रेकर्ड पनि तोडिदिएका छन् ।
अमेजनका सीईओले गत अक्टुबरमा नै ९३.८ अर्ब डलरसहित गेट्सलाई पछि पारेका थिए । फेरि अर्को महिना नोभेम्बरमा नै उनले पहिलो पटक सय अर्बको अङ्क छोएका थिए । त्यतिबेला अमेजनमा ब्ल्याक फ्राइडे सेल चलिरहेको थियो, जसमा मानिसहरुले अत्यधिक क्रय गरेका थिए ।
ब्लुमबर्गद्वारा जारी अर्बपतिहरुको सूचीअनुसार, आठ जनवरीमा बेजोसको कुल सम्पत्ति १०५.१ अर्ब डलर थियो । उनीसँग अमेजनको ७८.९ लाख कित्ता सेयर छ । अमेजनको सेयरमा विगत नौ दिनमा सात प्रतिशतको वृद्धि आएको छ भने गत वर्ष २०१७मा कुल ५६ प्रतिशतले उक्लेको थियो ।
दान नदिएका भए सबैभन्दा अघि हुन्थे बिल गेट्स
यदि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई आप्mनो सम्पत्तिको ठूलो हिस्सा दान नगरेका भए ६२ वर्षीय गेट्ससँग अहिले एक सय ५० अर्ब डलरभन्दा पनि बढी धनसम्पत्ति हुन्थ्यो । गेट्सले सन् १९९६ मा लगभग सात सय अर्ब डलर मूल्य बराबरको माइक्रोसप्mटको शेयर, २.९ अर्ब डलर नगद र केही अन्य सम्पत्ति पनि फाउन्डेसनलाई दिएका थिए । यसको जानकारी पनि स्वयम् गेट्सले नै सबैलाई दिएका थिए । सन् १९९९ मा भएको डट.कम बुमका बेला बिल गेट्सले १०० अर्ब डलरको आँकडा पार गरेका थिए ।