अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षमा केएम तामाङ

दार्जिलिङको मिरिकमा जारी परिषदको चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं : अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध सङ्घका केएम तामाङ निर्वाचित भएका छन् । दार्जिलिङको मिरिकमा जारी परिषदको चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ, युरोपबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाका तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्यपूर्वबाट बहराइन तामाङ सेवा समाजका सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन तथा महिलाबाट घेदुङकी मीना तामाङ लुङ्बा निर्वाचित भएका हुन् ।

त्यसैगरी महासचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज यूएईका रबिनकुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान छन् भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध सङ्घका कमला तामाङ थिङ तथा सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा निर्वाचित भएका छन् ।