र्टी सभापतिले महासमिति बैठकमा सहभागी हुन १० जना मनोनीत गर्न पाउने विधानअनुसार चौधरी र वाग्लेलाई पनि मनोनीत गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको महासमिति सदस्यमा उद्योगी एवम् सांसद विनोद चौधरी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले महासमिति सदस्यमा मनोनीत भएका छन् ।
उनीहरुलाई सभापति शेरबहादुर देउवाले महासमिति सदस्यमा मनोनीत गरेका हुन् ।
पार्टी सभापतिले महासमिति बैठकमा सहभागी हुन १० जना मनोनीत गर्न पाउने विधानअनुसार चौधरी र वाग्लेलाई पनि मनोनीत गरेका छन् । यस्तै अन्य सदस्यहरुमा अनिल रूंगटा, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरी छन् ।