आफ्नै क्रिप्टोकरेन्सीको घोषणापछि कोडाकको सेयरमूल्य उच्च

फोटोग्राफी र छायाँचित्र कम्पनी कोडाकले फोटोग्राफरहरुलाई आफ्नै क्रिप्टोकरेन्सीको घोषणा गरेपछि यसको सेयर मूल्य १२० प्रतिशतले बढेको छ । ‘कोडाकक्वाइन’ नामकरण गरिएको क्रिप्टोकरेन्सीले ब्लकचेन प्रविधि प्रयोग गर्ने छ जसले गर्दा फोटोग्राफरहरुले आफ्ना चित्रहरुको प्रतिलिपि अधिकार सजिलै वितरण गर्न, बेच्न तथा त्यसवापत लाभ पाउन सक्नेछन् । क्रिप्टोकरेन्सीको संसारमा हामफालेको घोषणा गरेपछि इस्टम्यान कोडाकको सेयर मूल्य ३.१५ डलरबाट बढेर केवल चार घण्टामा ७.१० डलरसम्म पुग्यो ।

सीईओ जेफ क्लार्क भन्छन्, ‘कोडकक्वाइनले इन्टरनेटमा चित्रहरुको ठूलो सङ्ख्यामा हुने दुरुपयोगलाई समाप्त गर्न मद्दत गर्नेछ ।’ प्रविधि उद्योगमा धेरैका लागि ‘ब्लकचेन’ र ‘क्रिप्टोकरेन्सी’ गुञ्जीरहने शब्द हुन्, तर फोटोग्राफरहरुका लागि जो धेरै समय अघिदेखि आफ्नाे कामको दुरुपयोग नियन्त्रण कसरी गर्न सकिन्छ भनेर सङ्घर्ष गरिरहेका थिए, यी गुञ्जिने शब्दहरु नै ती तमाम नसुल्झिएका समस्याहरुका कुञ्जी रहेको क्लार्कको भनाइ छ । ‘कोडाकले सदैव फोटोग्राफीलाई लोकतान्त्रिक बनाउन र कलाकारहरुलाई दिइने लाइसेन्स निष्पक्ष बनाउन माग गरेको छ । यी प्रविधिहरुले फोटोग्राफी समुदायलाई यसो गर्न नवीनतम र सरल तरिका दिएका छन्,’ उनले भने ।

आफ्नाे नयाँ क्रिप्टोकरेन्सीसँगै कोडाकले एक छवि अधिकार व्यवस्थापन प्लेटफर्म ‘कोडाककोइन’को पनि घोषणा गरेको छ । कुनै वेबसाइटमा उचित लाइसेन्सबिना व्यावसायिक चित्रहरुको प्रयोग गरिएको पाइएमा कोडाककोइनले त्यस्ता वेबसाइटहरुलाई सुस्त बनाइदिन्छ ।

आईपी मुद्रीकरण कम्पनी कोडाकले आफ्नाे क्रिप्टोकरेन्सी शुभारम्भमा सहकार्य गरिरहेको कम्पनी वेन डिजिटलका अनुसार कोडाकले एउटा नयाँ अर्थतन्त्र स्थापना गर्नेछ जहाँ फोटोग्राफरहरुले आप्mनो कामबाट जीवीकोपार्जन गर्न सक्ने छन् । ‘नयाँ प्लेटफर्मसँग जोडिनु, जुन हामीले ठ्याक्कै कोडाककोइनसँग ग¥यौँ, फोटोग्राफरहरुले आफ्नाे काम र आय सुरक्षित र विश्वासपूर्ण तरिकाले पाइरहेका छन्, यो नै महत्त्वपूर्ण हो,’ वेन डिजिटलका सीईओ जेन डेनेकले भने, ‘सहमतिको उच्चतम मानकहरुको अधीनमा रही, कोडाककोइनले फोटोग्राफरहरुलाई भुक्तानी गर्न र उनीहरुलाई सुरक्षित लाभको अधिकारलाई सही ढङ्ले व्यवस्थापन गरी एक नयाँ अर्थव्यवस्थाको धरातलमा पुग्ने अवसर प्रदान गर्नका लागि हो ।’

‘एन्टी डिजिटल’ को हठी स्वभावको ख्याति पाएपछि कोडाक क्रिप्टोकरेन्सी हाइटेक जगतमा हामफालेको हो । सन् १९७५ ताका कोडाकमा काम गर्दा स्टिभ सेसनले विश्वको पहिलो डिजिटल क्यामरा बनाएका थिए । सेसनले आप्mनो आविष्कार कोडाकका मालिकलाई देखाए, तर उनले त्यो क्यामरा तुरुन्त टाढा लैजान भने । सेसनले न्युयोर्क टाइम्सलाई कोडाकका अधिकारीहरुले भनेको कुरा खोले, ‘हामी यस कुरामा ढुक्क छौं कि कुनै पनि व्यक्तिले आप्mनो फोटो टेलिभिजनमा हेर्न नचाहला ।’ कोडाककोइनको पहिलो सिक्काको व्यापार आउँदो ३१ जनवरीमा खुल्नेछ ।

नाइन न्युज