उदयपुर सिमेन्टको उत्पादन ७०० मेट्रिक टन

उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढेको र उद्योगको मेसिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले गैंडाछाप सिमेन्टको उत्पादन प्रतिदिन ७ सय मेट्रिक टन पु¥याइएको हो ।

सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो उदयपुर उदयपुर सिमेन्ट उद्योगले दैनिक ७ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढेको र उद्योगको मेसिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले गैंडाछाप सिमेन्टको उत्पादन प्रतिदिन ७ सय मेट्रिक टन पु¥याइएको हो ।

विगतमा प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योगमा पछिल्लो समयमा ६ सय ५० मेट्रिक टनले उत्पादनमा वृद्धि गरिएको तर अहिले चौबीसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७ सय मेट्रिक टनले वृद्धि गरिएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडलले बताए ।

सिमेन्टको मूल्य वृद्धि भए पनि बजारमा गैंडाछाप सिमेन्टको माग झनै बढ्दै गएपछि उत्पादनमा वृद्धि गर्दै लगेको उद्योग प्रशासनले बताएको छ । यस वर्ष उद्योगले झण्डै २५ करोड रुपैयाँभन्दा बढी सिमेन्ट बिक्रीबाट आम्दानीसमेत गरेको उद्योगले बताएको छ । उद्योगको उत्पादन क्षमता प्रतिदिन झण्डै ८ सय मेट्रिक टनसम्म छ ।