आइल्यान्ड साघुँरा बनाउँदै पोखरा महानगर

बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्यान्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्यान्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए । बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा...

बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्यान्ड हटाउन थालिएको छ ।

पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्यान्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए । बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा डोजरमार्पmत आइल्यान्ड भत्काइएको थियो ।

पोखरा विमानस्थलको नजिकै रहेको आइल्यान्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए । आइल्यान्ड परिसरमा रहेका सिसौका रुखसमेत हटाइनाका साथै पृथ्वीचोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंहचोक, वीरेन्द्रचोकका आइल्याण्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइसकिएको छ ।

लागुऔषधसहित एकजना पक्राउ

तीनसय चौबिस थान लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोलीले तनहुँ जिल्लाको शुक्लागण्डकी–१ घर भई हाल पोखरा महानगरपालिका– ४ गणेशटोल बस्ने ३० वर्षीय अनिल क्षेत्रीलाई उनको डेराबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
अभियुक्तको डेरामा फेनारागन १०८, बुर्फिनर्फिन १०८ र डाईजापाम १०८ थान फेला परेकाले जिल्ला अदालतबाट म्याद थप गराएर उनीमाथि अनुसन्धान थालिएको छ । रासस