वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख विष्टले बताए ।
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ ।
सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गरेका हुन् । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख विष्टले बताए ।
नगरप्रमुख विष्टले भने, “वडा २ को कार्यालयले जाडोयाममा कमजोर अवस्थाका स्थानीयवासीलाई सिरक वितरण गरेकामा धन्यवाद दिन्छु”, उनले भने, “रचनात्मक कार्यको निरन्तरता आवश्यक छ ।” रासस