प्रहरीले नियन्त्रणमा लिएका दुई युवकको डिएनए रिपोर्ट नेगेटिभ

१३ वर्षीय निर्मला पन्तको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई युवकको डिएनए रिपोर्ट नेगेटिभ आएको छ। १७ वर्षीय प्रदिप रावल र विशाल चौधरीको डिएनए निर्मलाको भेजिनल भ्वावबाट निकालिएको डिएनएसँग नमिले एक प्रहरी अधिकृतले जानकारी दिए।

गत मङ्सिर २० रावल र २१ गते चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरेको थियो। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला दुवैमा दुई जनाको डिएनए परीक्षण गराएको थियो। प्रहरीले रावल र चौधरीलाई नक्कली अभियुक्त बनाउन लागेको भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

निर्मला प्रकरणमा यसअघि पनि प्रहरीले अभियुक्त सार्वजनिक गरेका दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गराएकव थियो। एसपी दिल्लीराज विष्ट, एसपी पुत्र किरण विष्ट, आयुस विष्ट, चक्रदेव बडु लगायत १५ जनाभन्दा बढीको डिएनए परीक्षण भइसकेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका निमलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

पाँच महिन हुनलाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजुले मंगलवार एसपी दिल्लीराज विष्ट लगायत अन्य विरुद्ध जाहेरी दिएकी छिन्। प्रमाण नष्ट गर्न खोजीको अभियोगमा जाहेरी दिएको प्रहरीले जनाकारी दिएको छ।