विभिन्न हतियारसहित दुई जना पक्राउ

प्रहरीले धनुषाको हंशपुर नगरपालिका ५ सुगानिकासस्थित मदिरा पसलबाट सोही ठाँउका ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई पेस्तोल १ थान, म्याग्जिन १ थान र सोही म्याग्जिनमा लोड भएको गोली ६ राउन्डसहित मङ्गलबार दिउसो पक्राउ गरेको छ ।

काठमाडौं : प्रहरीले धनुषा, सिराहा र मोरङबाट अवैध हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनुषाको हंशपुर नगरपालिका ५ सुगानिकासस्थित मदिरा पसलबाट सोही ठाँउका ३१ वर्षीय बचन भन्ने बेचन मण्डललाई पेस्तोल १ थान, म्याग्जिन १ थान र सोही म्याग्जिनमा लोड भएको गोली ६ राउन्डसहित मङ्गलबार दिउसो पक्राउ गरेको छ ।

मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

त्यसैगरी सिराहा सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाईस्थित मौवाहीबाट चोरी मुद्दाका फरार प्रतिवादी सोही ठाउँका २७ वर्षीय रवीन्द्रकुमार मण्डललाई कटुवा पेस्तोल १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सीतापुरबाट खटिएका प्रहरीले मङ्गलबार साँझ उनलाई पक्राउ गरेका हुन् ।

त्यसैगरी मोरङ केराबारी गाउँपालिका ८ स्थित आमजुङी जङ्गलमाबाट २ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले मङ्गलबार साझ शङ्कास्पद २ जनालाई नियन्त्रणमा लिने क्रममा उक्त हतियार फाली दुवै जना फरार भएपछि बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।