पाकेटमार पक्रन प्रहरी अपरेसन, १९ दिनमा ७७ जना पाकेटमार पक्राउ

सार्वजानिक सवारी साधनभित्र पाकेटमारीका घटना बढेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पाकेटमारी नियन्त्रण गर्न सरोकारवालासँग समन्वय गरी अप्रेशन चलाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

काठमाडौं : काठमाडौं उपत्यका भित्रका सडमा चल्ने सवारीसाधनभित्र हुने पाकेटमारी नियन्त्रण गर्न प्रहरीले अप्रेशन नै सञ्चालन गरेको छ ।
मङ्सिर १५ गतेबाट प्रहरीले सुरु गरेको अप्रेशनमा ७७ जना पाकेटमारलाई पक्राउ गरेको छ ।

सार्वजानिक सवारी साधनभित्र पाकेटमारीका घटना बढेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पाकेटमारी नियन्त्रण गर्न सरोकारवालासँग समन्वय गरी अप्रेशन चलाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

उनका अनुसार मंसिर १५ गते यता काठमाडौं भित्र चल्ने सार्वजानिक सवारी साधनमा सादा पोशाकका प्रहरी परिचालित छन् ।

दैनिक रुपमा ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको र १९ दिनको अवधिमा ७७ जना पाकेटमार पक्राउ परेको एसएसपी लामाले बताए ।

पक्राउ परेका पाकेटमारले सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २ देखि जनाको समूहसम्मको समुह बनाएर बसमा छिर्ने पैसा भएको ब्याक्ति पत्ता लगाई अगाडिपछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाई मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेटमारी गरी पालोपालो गरी ओर्लने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाकेटमारबाट प्रहरीले ५ लाख ९६ हजार रुपैया बरामद गरेको छ ।