प्रहरीलाई मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान

नेपाल प्रहरीका महानिरिक्षक सर्वैन्द्र खनालले बिहीवार साे भ्यान महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिहलाई प्रदान गरेका हुन् ।

उपत्यका भित्र हुने अापराधिक गतिविधिको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान प्रयोगमा ल्याएको छ।

नेपाल प्रहरीका महानिरिक्षक सर्वैन्द्र खनालले बिहीवार साे भ्यान महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिहलाई प्रदान गरेका हुन् ।

भ्यानमा घटनास्थलमा प्रयोग हुने विभिन्न सामग्रीहरु हुनेछन् । भ्यानमा भएको उपकरण प्रयोगका लागि नेपाल प्रहरीका दश जना प्रहरीलाइ आधुनिक तालिम समेत दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

उक्त गाडीको ९६ लाख रुपैयाँ र गाडीभित्र अनुसन्धानमा प्रयोग हुने ४६ लाख रुपैयाँ बराबरको सामाग्री रहेको एसएसपी सुवेदीले जानकारी दिए ।