निर्मला पन्त हत्या प्रकरण, एसपी सहित १८ प्रहरीलाई कारवाही गर्न समितीको सिफारिस

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटना छानबिन गर्ने बनेको एआइजी धिरु बस्न्यातको टोलीले १८ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
एआईजी बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर तत्कालीन जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख एसपी डिल्लीराज विष्ट लगायत १८ जनालाई विभागीय कारबाहीको लागि सिफारिस गरेको हो ।
समितिले बुझाएको प्रतिवेदनमा एसपी विष्ट सहित दुई डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेतीलाई कारवाहीको सिफारीस गरेको हो ।
त्यसैगरी घटनाको अनुसन्धान गर्ने प्रहरी निरिक्षक चार जना सई, तीन हवलदार र बाँकी ५ जना जवानलाई कारबाहीको लागि सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
एआइजी बस्न्यातले बुझाएको प्रतिवेदनमा प्रहरीले घटनाको अनुसन्धानमा लापरबाही गरेको ठहर गरिएको छ ।