राजधानीमा १५ वर्षिया बालीकामाथी सामुहिक बलात्कार, ५ जना पक्राउ 

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा १५ वर्षिया बालीकामाथी सामुहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका ६ मातातीर्थमा बुधबार राति ती बालीकामाथी सामुहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ ।

बालीकामाथी भएको बलात्कार घटनामा संलग्न रहेको आसंका प्रहरीले कैलाली अत्तरिया ६ का डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ५ जनालाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बुधबार राति बालीकालाई ज्यान मार्ने धम्की दिएर सामुहीक बलात्कार भएको भन्दै आफन्तले प्रहरीले उजुरी दिएका थिए ।