दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जीवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिनसम्म खोजी कार्य चलाइएको थियो ।
मड्रिड : स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जीवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिनसम्म खोजी कार्य चलाइएको थियो ।
“दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जीवितै भेटिएका छन्, जीवितमध्ये चार जना महिला र २९ जना पुरुष छन्,” एक उद्धारकर्मीले भने ।
दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउँदै थिए । मृत्यु भएकामध्ये दश जना पुरुष र दुई जना महिला छन् । महिलामध्ये एक जना गर्भवती रहेको जनाइएको छ । रासस/एएफपी