दाङ दुर्घटनामा २२ जनाको ज्यान गयो, १७ घाइते

विद्यार्थी बोकेर जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना २२ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री र हर्नेटी भन्ने स्थानमा विद्यार्थी बोकेको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।विद्यार्थी बोकेर जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना २२ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

२१ जनाको शव घटनास्थलमै एक जनाको उपचारका लागी लैजादै गर्दा मृत्यु भएको हो । घटनास्थलमा अधिकाँस पुरुपको शव फेला परेका छन् ।

घाइते १७ जनामध्ये १३ जनाको अवस्था गम्भिर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइते हुनेहरुलाई थप उपचारको लागि बाँके तर्फ पठाइएको छ ।