धर्नामा बसेका चौधरीले प्रहरीको कुटपिटपछि आफूले हत्याको साविति बयान दिएको बताएका छन् । चौधरीले भने,’ प्रहरीले मलाई कुटपिट गरेपछि डराएर नै हत्या गरेको भनेको हुँ ।‘
काठमाडाैं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका विशाल चौधरीले प्रहरीले आफूलाई यातना दिएको बताएका छन् । शनिवार रिहा भएका चौधरीले आइतबार निर्मलाको न्यायका लागि भन्दै धर्नामा सहभागी भएका छन् ।
धर्नामा बसेका चौधरीले प्रहरीको कुटपिटपछि आफूले हत्याको साविति बयान दिएको बताएका छन् । चौधरीले भने,’ प्रहरीले मलाई कुटपिट गरेपछि डराएर नै हत्या गरेको भनेको हुँ ।‘
गत मङ्सिर २० गते चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले चौधरीको डीएनए परीक्षणसमेत गराएको थियो । उनको डीएनए म्याच भएको छैन । तर प्रहरीले अहिलेसम्म डीएनए रिपोर्ट भने सार्वजनिक गरेको छैन ।
चौधरी निर्मला हराएको दिन गत साउन १० गते चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेको खुलेको थियो । उनलाई साउन ११ गते उनकी आमा प्रहरी चौकी पुगेर छुटाएकी थिइन् । प्रहरीले घटनाको कबुल गर्ने डरत्राससँगै प्रलोभनसमेत देखाउने गरेको चौधरीले सुनाए । चौधरीले भने,’ उनीहरुले कहिलेकाहीँ लोभसमेत देखाउँथे ।‘