आठ महिना देखी बन्द भएको मलेसियाको रोजगार तत्काल खुलाउन नेपाली काग्रेसले सरकार सँग माग गरेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको २ महिना वितिसक्दा पनि रोजगार अझै नखुलेको प्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले मलेसियाको रोजगार कहिले खुल्ने र के कारणले बन्द भएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
काठमाडौं : आठ महिना देखी बन्द भएको मलेसियाको रोजगार तत्काल खुलाउन नेपाली काग्रेसले सरकार सँग माग गरेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको २ महिना वितिसक्दा पनि रोजगार अझै नखुलेको प्रति काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले मलेसियाको रोजगार कहिले खुल्ने र के कारणले बन्द भएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
उनले आइतबार सम्पन्न महासमिति बैठंकले मलेसियाको रोजगार खुलाउन माग गरिएको बताए । नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा रहेको मलेसियाको रोजगारी बन्द हुँदा धेरै युवाहरु बेरोजगार भएको र सरकारलाई पनि रेमिट्यान्समा कमि आएको प्रति आपत्ती जनाएका छन् ।श्रम मन्त्री गोकर्ण विष्टको स्वार्थमा भेण्डर चेन्ज गर्न नसकेकै कारण मलेसियाको रोजगार बन्द भएको भन्दै तत्काल खुलाउन सरकार सँग माग गरिएको प्रवक्ता शर्माको भनाइ छ ।
दुई देशबीच भएको श्रम समझदारीमा पुरानै संरचनाबाट मलेसियामा कामदार पठाउने भनि हस्ताक्षर भइसकेको अवस्थामा श्रम मन्त्री विष्टले आफ्नो पक्षका केहि व्यवसायीलाई भेण्डरको जिम्मा दिनकै लागि लामो समयसम्म रोजगारी नखुलाएको भन्दै महासमिति सदस्य एवंम बैदेशिक रोजगार सघंका पूर्व सचिव कमल तामाङले महासमिति बैठकमा प्रस्ताव पेश गरेका थिए ।
यसैबीच केहि दिन अघि मात्र सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठकमा पनि मलेसियाको रोजगारको विषयमा आवाज उठेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले श्रम समझदारी भएको २ महिना वितिसक्दा पनि मलेसियाको रोजगारी नखुलेको प्रति आपत्ती जनाएका थिए । उनले श्रम मन्त्री विष्टलाई हालसम्म मलेसियाको रोजगारी के कारणले बन्द गरेको भन्दै प्रश्न गरेका थिए ।
गत जेठ २ देखि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको कारण यो आठ महिनामा ६० हजार भन्दा बढी यूवाहरुको मलेसिया जानबाट बञ्चित भएका छन् । साथै करिब १५ हजार कलिङ् भिषा प्राप्त यूवाहरु बिगत सात महिनादेखि मलेसिया रोजगारी खुल्ने प्रतिक्षामा रहेको वैदेशिक रोजगार संघले जानकारी दिएको छ ।
संघका अनुसार करीब १५ हजार भिषा पा्रप्त गरेका कामदारहरुले स्वाथ्य परिक्षणमा ४ हजार ५००, आएससीमा ७ हजार ७०० रकम खर्च भइसकेको छ । उक्त रकम १५ हजार यूवाले खर्च गरिसकेका छन् । साथै कलिङ भिषा पा्रप्त कामदारहरु मलेसिया प्रवेश गर्न नसकेमा ५ बर्ष सम्म कालो सूचिमा परी मलेसिया सरकारले भिषा नदिने नियम रहेका छ ।
मन्त्रालयले मलेसिया जाने युवाहरुलाई भिएलएन, ओएससी, आएससी बायोमेट्रीक लगाएतका संस्थाहरुबाट आर्थिकभार पारेको भन्दै मुद्धा चलाएर तत्कालका लागि कामदार पठाउन बन्द गरेको थियो ।