बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई पाँच हजार रूपैयाँसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धी अनुसन्धान भइरहेको आयोगका प्रमुख रवि पन्थले जानकारी दिए ।
खस्यौली : अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई पाँच हजार रूपैयाँसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धी अनुसन्धान भइरहेको आयोगका प्रमुख रवि पन्थले जानकारी दिए ।
पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए । रासस