यसअघि सचिवमा अनुपकुमार घिमिरेले जिम्मेवारी सम्हालेपनि उनी विद्युत् नियम आयोगको अध्यक्षमा उम्मेद्वारी दिन सचिव पदबाट राजीनामा दिएका थिए ।
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रालयमा सहसचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका घिमिरलेलाई सरकारले सचिवमा बढुवा गरेकोे मन्त्रालयले जनाएकाे छ ।
यसअघि सचिवमा अनुपकुमार उपाध्याय जिम्मेवारी सम्हाले पनि उनी विद्युत् नियम आयोगको अध्यक्षमा उम्मेद्वारी दिन सचिव पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयमा सचिव पद रिक्त थियो । क्यापिटल नेपालसंग कुरा गर्दै घिमिरेले बढुवा भएको जानकारी पाएको तर आधिकारिक रुपमा पत्र नपाएको बताए ।