‘आमाको माया र आर्शीवाद,’ उनी भन्छन्, ‘भाइ, परिवारको सहयोग नभएको भए म एक्लैले केही गर्न सक्दिनेँ ।’ आफ्ना व्यवसायको विषयमा बोलिरहँदा ढकालले व्यापारिक साझेदार तथा व्यावसायिक क्षेत्रका अन्य व्यक्तिहरुलाई पनि बारम्बार सम्झेनन् मात्र, उनीहरुको सहयोगका लागि आभार व्यक्त गर्न पनि भुलेनन् । तीव्र गतिमा विभिन्न व्यवसाय फैलाइरहेका ढकाल कुनै बेला वाणिज्य बैङ्कको खरिदार थिए । अहिले नेपालकै ठूलो मध्येको एक ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल अहिले नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट्स तर्फबाट उपाध्यक्ष पनि हुन् । छोटो समयमा सफलताको शिखर चुमेका ढकाल मेहनतलाई मात्र पनि सफलताको कुञ्जी मान्दैनन् ।
‘मेहनत एक ठाउँमा महङ्खवपूर्ण त हुँदै हो, त्यसका साथै इमानदार हुनुपर्छ र निरन्तर आफ्नो काममा लागिरहनुपर्छ,’ उनी भन्छन् । कुनै काम आँटेपछि पूरा गरेरै छाड्ने स्वभावका कारण आफू अहिलेको अवस्थामा पुगेको मान्ने ढकालले केही वर्षयता आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन् । त्यसका लागि आफ्नो परिवारको साथलाई अमूल्य मान्छन् ढकाल । ‘आमाको माया र आर्शीवाद,’ उनी भन्छन्, ‘भाइ, परिवारको सहयोग नभएको भए म एक्लैले केही गर्न सक्दिनेँ ।’ आफ्ना व्यवसायको विषयमा बोलिरहँदा ढकालले व्यापारिक साझेदार तथा व्यावसायिक क्षेत्रका अन्य व्यक्तिहरुलाई पनि बारम्बार सम्झेनन् मात्र, उनीहरुको सहयोगका लागि आभार व्यक्त गर्न पनि भुलेनन् । तीव्र गतिमा विभिन्न व्यवसाय फैलाइरहेका ढकाल कुनै बेला वाणिज्य बैङ्कको खरिदार थिए । अहिले नेपालकै ठूलो मध्येको एक ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् ।
१. एसएलसीमा ब्रेक
पहिलोपटक एसएलसी परीक्षा दिँदा चन्द्र ढकाल सफल हुन सकेनन् । बुवाको देहान्तका कारण पढाइमा ‘डिस्टर्ब’ भएकाले आफू सफल नभएको उनी बताउँछन् । तर, एकपटक असफल हुँदैमा उनले हिम्मत हारेनन् । अर्को वर्ष एसएलसी दिए र जीवनमा अर्को सिँढी उक्ले ।
२. बाईबाई जागिर
चन्द्र ढकाल आफ्नै व्यवसाय सुरु गर्न चाहन्थे । त्यसका लागि चाहिन्थ्यो, केही लगानी । आफ्नो व्यवसाय सुरु गर्न ऋण लिन खोज्दा उनले जागिर नै छोड्नुप¥यो । उनी त्यतिबेला वाणिज्य बैङ्कमा काम गर्थे । ऋण लिनका लागि चन्द्रले हतारमा निर्णय गरे र जागिर छोडिदिए । त्यसपछि उनको जीवन अर्को इनिङमा प्रवेश ग¥यो– उनले व्यवसाय गर्न थाले ।
३. कार्गो कम्पनीको सुरुवात
त्यसो त यसअघि नै चन्द्र ढकालको कोल्ड स्टोर थियो । पकनाजोलमा भएको कोल्डस्टोरसँगसँगै कार्गो कम्पनी र मनी एक्सचेञ्जको सुरुवात पनि भयो । नयाँ व्यवसाय सुरु गरेकाले एयरलाइन्सहरुले समेत केही दुःख दिएका प्रसङ्ग ढकाल सम्झन्छन् । जेहोस्, ढकालले मेहनत गरेर कार्गो कम्पनीलाई अगाडि बढाए । अनि सफल भएपछि अर्को स्टेपका लागि अगाडि बढे । सँगसँगै उनको अर्को पनि व्यवसाय थियो– ट्राभल ।
४. आईएमईको सुरुवात
सन् २००१ तिरको कुरा हो, नेपालबाट धेरै मानिस रोजगारीका लागि बाहिर पुगेका थिए । उनीहरुले नेपाल पैसा पठाउन सहज च्यानल अरु थिएन । बैङ्कबाट पठाउँदा निकै लामो झन्झट हुन्थ्यो । बरु केहीले त काम गर्न पुगेका नेपालीको पैसा लिएर भागेका थिए । यही समयमा चन्द्र ढकालले आईएमईको कन्सेप्ट अगाडि सारे । यस्तो पनि होला र भन्ने प्रश्नहरु सामना गर्दै ढकालले कम्पनीलाई अगाडि बढाए । सबैभन्दा पहिले आईएमईको ट्रान्जेक्सन प्रति महिना २० लाख डलर गर्ने उद्देश्य थियो । तर, यही उद्देश्यलाई पनि धेरैले महत्वाकाङ्क्षी मानेका थिए । तैपनि ढकाल डगमगाएनन् । रेमिट्यान्समा फर्मल च्यानलबाट पैसा नेपाल ल्याउन सबैभन्दा पहिलो कम्पनी भएकाले आईएमईले निकै सङ्घर्ष गरेको अहिले पनि ढकाल सम्झन्छन् ।
५. फाइनान्सबाट बैङ्कसम्मका पाइला
आईएमई चल्दै गर्दा एउटा फाइनान्सको कुरा चल्यो । ढकाल फाइनान्समा अगाडि बढे । बिस्तारै फाइनान्सलाई अझ बढाउने कुरा चल्न थाल्यो । त्यसले गर्दा जन्मियो– ग्लोबल बैङ्क । अनि त्यसपछि बैङ्कलाई अझ ठूलो बनाउन ढकाल मनैदेखि लागे । फलस्वरुप ग्लोबल आईएमई बैङ्क अहिलेको अवस्थामा पुग्यो । ग्लोबलमा अहिले १० ओटा बैङ्क तथा वित्तीय संस्था मर्ज भैसकेका छन् ।
आईएमई ग्रुपले बैङ्कमात्र होइन, अरु क्षेत्रमा पनि पाइला चालेको छ । आईएमई अटोमोटिभ्स लगायतका कम्पनीहरु त्यसैका उपज हुन् ।
६. चन्द्रागिरि हिल्स
मलेसियामा घुम्न जाँदा नेपालमा पनि केबलकारलाई पर्यटन र व्यवसायको माध्यम बनाउने सोचेका थिए चन्द्र ढकालले । फलस्वरुप, उनले चन्द्रागिरिमा जाने केबलकारको निर्माण सुरु गरे । सात वर्ष पुगेर सञ्चालनमा आएको चन्द्रागिरि हिल्स केबलकारले अहिले निकै राम्रो गरिरहेको छ । यसका लागि भाइलगायत अन्य व्यावसायिक समूहले पनि निकै सहयोग गरेकाले ढकाल यसको सफलताको श्रेय सबैसँग बाँड्न रुचाउँछन् ।