निर्मला पन्तकाे घटना बुझ्न महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुरमा

कञ्चनपुरमा रहदाँ महानिरिक्षक खनालले १३ वर्षीय बालिका निर्मला पन्तको घटना बारेपछि जानकारी समेत लिइने कार्यक्रम रहेको छ।

काठमाडौँ । प्रहरी महानिरिक्षक सर्वैन्द्र खनाल कञ्चनपुर पुगेका छन्। प्रदेश नम्वर ५, ६ र ७ को स्थलगत अनुगमनमा निस्किएका महानिरिक्षक खनाल बुधवार बुटवलबाट कञ्चनपुर पुगेका हुन्।

कञ्चनपुरमा रहदाँ महानिरिक्षक खनालले १३ वर्षीय बालिका निर्मला पन्तको घटना बारेपछि जानकारी समेत लिइने कार्यक्रम रहेको छ। महानिरिक्षक खनालको टोलीमा केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का डिआइजी निरजबहादुर शाही, महानिरिक्षक सचिवालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध अनुसन्धानमा महाशाखाका डिएपी रुकुम कुवँर लगायतको टोली रहेको छ।